मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले बढ्यो



ताप्लेजुङ  । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८०-०८१ को तुलनामा आर्थिक वर्ष २०८१-०८२ मा ९३ लाख ३१ हजार ६६ रुपियाँ बढी राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०८१-०८२ मा कुल तीन करोड ७२ लाख ३९ हजार ४३७ रुपियाँ राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालय ताप्लेजुङका प्रमुख निर्मल शेर्पाका अनुसार पुँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार ७६७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदान मार्फत एक करोड ८३ लाख ८८ हजार ६७० रुपियाँ गरी कुल तीन करोड ७२ लाख बढीको राजस्व सङ्कलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा पुँजीगत लाभकरमार्फत एक करोड १७ लाख १५ हजार ८०७ रुपियाँ र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ–रोक्का, प्रतिलिपि प्रदानमार्फत एक करोड ६१ लाख ९२ हजार पाँच सय ६४ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०८१-०८२ मा रजिष्ट्रेशन दस्तुरबाट एक करोड ७४ लाख ९४ हजार ९०६ रुपियाँ, न्यायिक सेवामार्फत छ लाख ९५ हजार ६६४, मोठ–रोक्काबाट एक लाख सात हजार ४०० र प्रतिलिपि प्रदानमार्फत ९० हजार सात सय रुपियाँ राजस्व प्राप्त भएको कार्यालय प्रमुख शेर्पाको भनाइ छ । उहाँका अनुसार रजिष्ट्रेशन पारितबाट प्राप्त भएको कुल राजस्वको ४० प्रतिशत ७३ लाख ५५ हजार ४६८ रुपियाँ र ६० प्रतिशत एक करोड ३३ लाख २०२ रुपियाँ विनियोजन गरिएको छ ।

जसअन्तर्गत सबैभन्दा बढी एक करोड तीन लाख ९१ हजार २९२ रुपियाँ राजस्व सङ्कलन भएको फुङलिङ नगरपालिकामा ६२ लाख ३४ हजार ७७५ रुपियाँ र सबैभन्दा कम तीन लाख ६९ हजार ९४६ रुपियाँ सङ्कलन भएको पाथीभरा याङवरक गाउँपालिकामा दुई लाख २१ हजार ९६८ रुपियाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ ।

यस्तै सिदिङवा गाउँपालिकामा पाँच लाख ४५ हजार ४३७ रुपियाँ, सिरिजङ्घा गाउँपालिकामा आठ लाख २० हजार ५७३ रुपियाँ, आठराई त्रिवेणी गाउँपालिकामा तीन लाख ७८ हजार ५०२ रुपियाँ विनियोजन भएको बताइएको छ । कार्यालयका अनुसार मैवाखोला गाउँपालिकामा तीन लाख दुई हजार ३१५ रुपियाँ, मेरिङदेन गाउँपालिकामा चार लाख पाँच हजार ८४३ रुपियाँ, मिक्वाखोलामा सात लाख ४५ हजार ४२३ रुपियाँ र फक्ताङलुङ गाउँपालिकामा १३ लाख ७८ हजार ३३१ रुपियाँ विनियोजन भएको छ ।

प्रकाशित मिति : 11:43 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन