एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन



ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा दुई लाख १७ हजार बढी भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख १७ हजार ८७६ जना भक्तजनले दर्शन गरेका हुन् । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत वर्षको तुलनामा यस वर्ष दर्शनार्थीको सङ्ख्या केही घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा २ लाख ३१ हजार ३३४ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । 

यो वर्ष दर्शनार्थीको सङ्ख्या घट्नुमा निर्माणाधीन पाथीभरा केबुलकारका कारण उत्पन्न विवादले भएको बन्द लगायतका कारण प्रमुख भएको कार्यकारी निर्देशक हाङबाङको भनाई छ । आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा धेरै दर्शनार्थी कार्तिक महिनामा आएका थिए । जसमा ६१ हजार १७३ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । आर्थिक वर्षको सुरुवाती समय साउन महिनामा भने सबैभन्दा कम १ हजार ९५५ जना मात्र आएका थिए । 

आगामी समयमा पर्यटक सुविधामा सुधार, पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिँदै पाथीभरा क्षेत्रमा अझ भक्तजन आकर्षित गर्ने योजना सहित काम गर्ने क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बूले बताउनुभयो । 

पाथीभरालाई सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ र धार्मिक पर्यटकीय दृष्टिले पूर्वी नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । पछिल्लो समयमा भारत बाहेकका मुलुकका समेत नागरिकहरू आउन थालेको समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:44 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय