ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो



ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग मङ्गलबारदेखि सञ्चालनमा आएको छ । गत २५ गते देखि अवरुद्ध भएको लोकमार्ग करिब एक सातापछि सञ्चालनमा आएको हो ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित उक्त लोकमार्गको अस्थायी मोटरबेल काठेपुल साथै करिव २ सय मिटर सडक बढीले बगाउँदा यातायात ठप्प भएको थियो । गत असार २७ गतेदेखि सुरु भएको मर्मत कार्य मङ्गलबार सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो ।

बाढीले बगाएको लेलेप थाक्पुखोला लावाजेन जाने बाटो र उत्तर दक्षिण लोकमार्ग पुनर्निर्माणमा दुई वटा एक्स्काभेटर मेसिन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । मेसिन सुपर तमोर हाइड्रो पावर कम्पनीले उपलब्ध गराएको थियो । सडक मर्मतका लागि आवश्यक इन्धन भने गाउँपालिकाले उपलब्ध गराएको थियो ।

यस्तै, पालिकाले तत्काल पाँच लाख रुपियाँ रकम समेत विनियोजन गरेको थियो । सदरमुकामबाट ओलाङचुङगोला हुँदै टिपताला भञ्ज्याङसम्म जाने यो सडक अब इलाडाँडा हुँदै सुकेपानीसम्म चल्नेछ । सुकेपानीमा भने तमोर नदीमा पानीको बहाव बढेकाले गाडी पार गर्न नसक्ने बताइएको छ ।

यसवर्षको वर्षाले लेलेपको थाक्पुखोलामा पैदलयात्री हिँड्ने आरसीसी पुल दुईवटा र याम्फुदिन हुँदै कञ्चनजङ्घा बेसक्याम्प जाने सिम्बुवाखोलाको झोलुङ्गे पुल बगाएको छ ।

यस्तै थाक्पुखोलाबाट उत्पादित लघु जलविद्युतको कुलो पनि बाढीले क्षतिग्रस्त बनाएपछि विद्युत सेवा समेत अवरुद्ध भएको छ । अहिले साविक लेलेपका ३, ४, ५, ६ र ७ वडाका बासिन्दा विद्युत सुविधाबाट बञ्चित भएका छन् । सो कार्यको समेत मर्मतको काम जारी रहेपनि सम्पन्न हुन महिनौँ दिन लाग्ने अध्यक्ष लिम्बुको भनाइ छ ।

प्रकाशित मिति : 10:43 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता