फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको आम्दानी सात लाख



ताप्लेजुङ । फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको आम्दानी सात लाख रुपियाँ भएको छ । आइतबार फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना मार्फत आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो ।

जसमा एक लाख ५० हजार बैंक बचत गरिएको र पाँच लाख ५० हजारको विभिन्न सामग्री खरिद गरी मेलाको स्वामित्वमा राखिएको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मूल आयोजक समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो । उहाँको अनुसार सामग्रीमा साउण्ड सिस्टम, महोत्सवका लागि स्टेज निर्माणमा आवश्यक पर्ने लगायत खरिद गरिएको छ ।

यस्तै मेला सम्पन्न गर्नका लागि २३ लाख ९८ हजार खर्च भएको अध्यक्ष साँवाको भनाई छ । जसमा समुदाय परिचालन तथा सरसफाइमा एक लाख रुपियाँ, महोत्सव कार्यक्रमका लागि यातायात व्यवस्थापनमा तीन लाख रुपियाँ खर्च भएको छ ।

कदर पत्रमा तीन लाख, खेलकुद कार्यक्रममा छ लाख, संस्कृति कार्यक्रममा एक लाख ४३ हजार, प्रचार प्रसारमा दुई लाख, फोटो प्रदर्शनीमा एक लाख ८० हजार, सञ्चारमा दुई लाख ५० हजार, अतीथि स्वागत तथा सत्कारमा ५० हजार कार्यक्रम स्थल तयारीमा दुई लाख २० हजार र कार्यक्रम स्थलको पूर्वाधार निर्माणमा एक लाख गरी जम्मा २३ लाख ९८ हजार रुपियाँ खर्च भएको छ ।

यस्तै मेला सम्पन्न गर्नका लागि नगद २५ लाख ५० हजार रुपियाँ उठेको अध्यक्ष सावाँले जानकारी दिनुभयो । जसमा मिक्वाखोला गाउँपालिकाको तर्फबाट १० लाख, स्वदेश तथा विदेशबाट सहयोग स्वरुप १४ लाख र बजार व्यवस्थापन मार्फत एक लाख ५० हजार रुपियाँ सङ्कलन भएको थियो ।

फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला ताप्लेजुङको मिक्वाखोला गाउँपालिका साँवाको फङ्फङदेन झरनामा मिति २०८१ साल मंसिर ७,८,९ र १० गते चार दिन सञ्चालन भएको थियो । मेलाका लागि बोल गरेका दुई लाख १६ हजार रुपियाँ सहयोग उठान बाँकी भएका कारण आय व्यय सार्वजनिक गर्न ढिलो भएको अध्यक्ष साँवाले बताउनुभयो । तर, उक्त रकम उठ्न अझै बाँकी रहेको मूल आयोजक समितिको भनाई छ ।

फङ्फङदेन झरनालाई ताप्लेजुङको एक पर्यटकीय गन्तव्य हो । झरनाको प्रचार प्रसार र पर्यटन विकासका लागि मेलाको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : 5:21 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि