फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको आम्दानी सात लाख



ताप्लेजुङ । फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको आम्दानी सात लाख रुपियाँ भएको छ । आइतबार फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना मार्फत आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो ।

जसमा एक लाख ५० हजार बैंक बचत गरिएको र पाँच लाख ५० हजारको विभिन्न सामग्री खरिद गरी मेलाको स्वामित्वमा राखिएको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मूल आयोजक समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो । उहाँको अनुसार सामग्रीमा साउण्ड सिस्टम, महोत्सवका लागि स्टेज निर्माणमा आवश्यक पर्ने लगायत खरिद गरिएको छ ।

यस्तै मेला सम्पन्न गर्नका लागि २३ लाख ९८ हजार खर्च भएको अध्यक्ष साँवाको भनाई छ । जसमा समुदाय परिचालन तथा सरसफाइमा एक लाख रुपियाँ, महोत्सव कार्यक्रमका लागि यातायात व्यवस्थापनमा तीन लाख रुपियाँ खर्च भएको छ ।

कदर पत्रमा तीन लाख, खेलकुद कार्यक्रममा छ लाख, संस्कृति कार्यक्रममा एक लाख ४३ हजार, प्रचार प्रसारमा दुई लाख, फोटो प्रदर्शनीमा एक लाख ८० हजार, सञ्चारमा दुई लाख ५० हजार, अतीथि स्वागत तथा सत्कारमा ५० हजार कार्यक्रम स्थल तयारीमा दुई लाख २० हजार र कार्यक्रम स्थलको पूर्वाधार निर्माणमा एक लाख गरी जम्मा २३ लाख ९८ हजार रुपियाँ खर्च भएको छ ।

यस्तै मेला सम्पन्न गर्नका लागि नगद २५ लाख ५० हजार रुपियाँ उठेको अध्यक्ष सावाँले जानकारी दिनुभयो । जसमा मिक्वाखोला गाउँपालिकाको तर्फबाट १० लाख, स्वदेश तथा विदेशबाट सहयोग स्वरुप १४ लाख र बजार व्यवस्थापन मार्फत एक लाख ५० हजार रुपियाँ सङ्कलन भएको थियो ।

फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला ताप्लेजुङको मिक्वाखोला गाउँपालिका साँवाको फङ्फङदेन झरनामा मिति २०८१ साल मंसिर ७,८,९ र १० गते चार दिन सञ्चालन भएको थियो । मेलाका लागि बोल गरेका दुई लाख १६ हजार रुपियाँ सहयोग उठान बाँकी भएका कारण आय व्यय सार्वजनिक गर्न ढिलो भएको अध्यक्ष साँवाले बताउनुभयो । तर, उक्त रकम उठ्न अझै बाँकी रहेको मूल आयोजक समितिको भनाई छ ।

फङ्फङदेन झरनालाई ताप्लेजुङको एक पर्यटकीय गन्तव्य हो । झरनाको प्रचार प्रसार र पर्यटन विकासका लागि मेलाको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १७:२१

आन्छन साहित्यिक पुरस्कारबाट हर्क यक्सो सम्मानित

ताप्लेजुङ । चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कारबाट ताप्लेजुङका दयाशील साहित्यिक

फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको आम्दानी सात लाख

ताप्लेजुङ । फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाको आम्दानी सात

मैवाखोलाको नारायणी माविले पायो स्नातक तहको सम्बन्धन

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय साँघुले स्नातक

हेल्लोकको श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरे वृक्षारोपण

ताप्लेजुङ । श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण गरेका छन्

अपर तमोर हाइड्रोपावरको रोकिएका सबै काम यथावत राख्न माग

ताप्लेजुङ। ताप्लेजुङमा निर्माण भइरहेको अपर तमोर हाइड्रोपावर कम्पनीको रोकिएको सबै