फुङलिङ बजारको विभिन्न क्षेत्रमा रहेका सुँगुरको खोर सात दिन भित्र हटाउनु पर्ने 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अव्यवस्थित रुपमा रहेका सुँगुरका खोरहरू हटाउन आग्रह गरिएको छ । फुङ्लिङ नगरपालिकाले ७ दिन भित्र नगरपालिकामा अव्यवस्थित रुपमा रहेका सुँगुरका खोरहरू हटाउन आग्रह गरेको हो । 

शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै फुङलिङ बजार क्षेत्रको बिभिन्न स्थानमा रहेका सुँगुरको खोर हटाउन आग्रह गरेको छ । जसअन्तर्गत तोक्मेडाँडा, कफि हाउस आसपास क्षेत्रमा रहेका खोरहरू हटाउन आग्रह गरिएको छ । 

यस्तै तोक्मेडाँडा हुँदै पालसिङडाँडा–बुद्धचोक–बिहिबारे आसपास क्षेत्रका, शेर्पाटोल– दाहाल गाउँ–बाझोगरा प्राथमिक विद्यालय क्षेत्रका खोर हटाउन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार बिरेन्द्रचोक–हुलाक टोल–नवज्योति बोर्डिङ स्कुल–नयाँ बसपार्क हुँदै हेलिप्याड आसपासका क्षेत्र, बाल मन्दिर विद्यालय, पुरानो गोसलाईन, कञ्चनजङ्घा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन आसपासका क्षेत्रमा र भानु जन माध्यमिक विद्यालय, सेतिधारा बोझे आसपासका क्षेत्रमा सुँगुरको खोर तथा सुँगुरका लागि निर्माण गरिएका संरचना हटाउन सूचना मार्फत अनुरोध गरिएको छ ।

 अव्यवस्थित रुपमा रहेका सुँगुरका खोरहरुबाट दुर्गन्ध फैलिएको र पैदल यात्रा गर्नेहरूलाई असर परेको गुनासो आएका कारण सोही गुनासोलाई मध्यनजर गरी अव्यवस्थित सुँगुरको खोर हटाउने कार्य सुरु गरिएको नगरपालिकाको भनाइ छ ।

प्रकाशित मिति : 6:00 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता