विलासिता कर विरुद्ध धर्ना



ताप्लेजुङ । ताप्लेजुङका सुनचाँदी व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । व्यावसायीहरूले विहीबार सुनका गरगहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को खारेजको माग गर्दै धर्ना दिएका हुन ।

दुई प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटले उपभोक्ता तथा व्यवसायीहरूलाई मार परेको भन्दै कर खारेज गर्नु पर्ने माग सहित जिल्ला प्रशासन अगाडि शान्ति पूर्ण धर्ना बसेको पाथीभरा सुन चाँदी तथा कला व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष गंगाराम शंकरले बताउनुभयो । केन्द्रिय निर्देशन अनुसार दैनिकजसो व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् ।

साथै नागरिकको मर्म र भावना विपरित लगाइएको कर सरकारले तुरुन्त फिर्ता लिनुपर्ने अध्यक्ष शंखरको भनाई रहेको छ । यस्तै अहिले ताप्लेजुङका सबै सुनचाँदी पसलहरू बन्द भएका कारण ग्राहकहरू मारमा परेका छन् ।

प्रकाशित मिति : 6:06 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय