विलासिता कर विरुद्ध धर्ना



ताप्लेजुङ । ताप्लेजुङका सुनचाँदी व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । व्यावसायीहरूले विहीबार सुनका गरगहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को खारेजको माग गर्दै धर्ना दिएका हुन ।

दुई प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटले उपभोक्ता तथा व्यवसायीहरूलाई मार परेको भन्दै कर खारेज गर्नु पर्ने माग सहित जिल्ला प्रशासन अगाडि शान्ति पूर्ण धर्ना बसेको पाथीभरा सुन चाँदी तथा कला व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष गंगाराम शंकरले बताउनुभयो । केन्द्रिय निर्देशन अनुसार दैनिकजसो व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् ।

साथै नागरिकको मर्म र भावना विपरित लगाइएको कर सरकारले तुरुन्त फिर्ता लिनुपर्ने अध्यक्ष शंखरको भनाई रहेको छ । यस्तै अहिले ताप्लेजुङका सबै सुनचाँदी पसलहरू बन्द भएका कारण ग्राहकहरू मारमा परेका छन् ।

प्रकाशित मिति : 6:06 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन