सिरिजङ्घा गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी, शिक्षक र कृषक पुरस्कृत



ताप्लेजुङ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षक तथा कृषकहरूलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनको दोस्रो बैठकले पालिका भित्रका कर्मचारी, शिक्षक तथा कृषकलाई सम्मान सहित पुरस्कृत गरेको हो । 

उहाँहरूलाई आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट कामको आधारमा पुरस्कृत गरिएको पालिकाका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो । उहाँका अनुसार  गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरूमा कार्यरत कर्मचारीहरू मध्येबाट उत्कृष्ट र रचनात्मक कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई मल्याङ्कन गरी पुरस्कृत गरिएको छ । 

गाउँपालिका भित्रका कर्मचारीहरूको तर्फबाट सिरिजङ्गा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक संजिव सिंह, वडा नं. ७ खेवाङमा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक अरुण परियार, आम्बेगुदिन स्वास्थ्य कार्यालयमा कार्यरत अनमी निर्मला थेवे, गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी गोविन्द खवास, सिनाम स्वास्थ्य कार्यालयमा कार्यरत कार्यालय सहयोगी तारा सार्कीलाई सम्मान सहित पुरस्कृत गरिएको  छ । 

उहाँहरूलाई अहिले सरकारले तोकेको एक महिनाको तलब बराबरको रकमले पुरस्कृत गरिएको उपाध्यक्ष डा. माबोको भनाई छ । यस्तै विद्यालयको तर्फबाट तेल्लोकका शिक्षक चन्द्रकला पालुङ्वा, आम्बेगुदिन माध्यमिक विद्यालयका शिक्षक दीपक भट्टराई तथा सिनाम माध्यमिक विद्यालयका शिक्षक सनकुमार लिम्बुलाई पुरस्कृत गरेको छ ।

शिक्षकहरूलाई पनि एक महिनाको तलब बराबर रकम र सम्मान पत्रका साथ पुरस्कृत गरिएको छ । गाउँपालिकाले सिरिजङ्घा गाउँपालिका भित्रका सम्पूर्ण वडा मध्येबाट उत्कृष्ट कृषकलाई पनि नगद रकम सहित सम्मान गरिएको छ ।

सिरीजङ्घा गाउँपालिका वडा नं. ७ मा रहेको लुङधुङ भेडापालन फार्म र सिरिजङ्गा गाउँपालिका वडा नं. ३ मा रहेको साङ्घागु एकीकृत कृषि फार्मलाई नगद ५ हजार रुपियाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।  

 

प्रकाशित मिति : 5:57 am

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा