सिरिजङ्घा गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी, शिक्षक र कृषक पुरस्कृत



ताप्लेजुङ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षक तथा कृषकहरूलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनको दोस्रो बैठकले पालिका भित्रका कर्मचारी, शिक्षक तथा कृषकलाई सम्मान सहित पुरस्कृत गरेको हो । 

उहाँहरूलाई आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट कामको आधारमा पुरस्कृत गरिएको पालिकाका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो । उहाँका अनुसार  गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरूमा कार्यरत कर्मचारीहरू मध्येबाट उत्कृष्ट र रचनात्मक कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई मल्याङ्कन गरी पुरस्कृत गरिएको छ । 

गाउँपालिका भित्रका कर्मचारीहरूको तर्फबाट सिरिजङ्गा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक संजिव सिंह, वडा नं. ७ खेवाङमा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक अरुण परियार, आम्बेगुदिन स्वास्थ्य कार्यालयमा कार्यरत अनमी निर्मला थेवे, गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी गोविन्द खवास, सिनाम स्वास्थ्य कार्यालयमा कार्यरत कार्यालय सहयोगी तारा सार्कीलाई सम्मान सहित पुरस्कृत गरिएको  छ । 

उहाँहरूलाई अहिले सरकारले तोकेको एक महिनाको तलब बराबरको रकमले पुरस्कृत गरिएको उपाध्यक्ष डा. माबोको भनाई छ । यस्तै विद्यालयको तर्फबाट तेल्लोकका शिक्षक चन्द्रकला पालुङ्वा, आम्बेगुदिन माध्यमिक विद्यालयका शिक्षक दीपक भट्टराई तथा सिनाम माध्यमिक विद्यालयका शिक्षक सनकुमार लिम्बुलाई पुरस्कृत गरेको छ ।

शिक्षकहरूलाई पनि एक महिनाको तलब बराबर रकम र सम्मान पत्रका साथ पुरस्कृत गरिएको छ । गाउँपालिकाले सिरिजङ्घा गाउँपालिका भित्रका सम्पूर्ण वडा मध्येबाट उत्कृष्ट कृषकलाई पनि नगद रकम सहित सम्मान गरिएको छ ।

सिरीजङ्घा गाउँपालिका वडा नं. ७ मा रहेको लुङधुङ भेडापालन फार्म र सिरिजङ्गा गाउँपालिका वडा नं. ३ मा रहेको साङ्घागु एकीकृत कृषि फार्मलाई नगद ५ हजार रुपियाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।  

 

प्रकाशित मिति : 5:57 am

मेरिङदेनका सबै सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक बगैँचा’ कार्यक्रम अनिवार्य

ताप्लेजुङ, बैशाख १० गते । मेरिङदेन गाउँपालिकाले आगामी शैक्षिक सत्र

सुकेपानीमा बेलिब्रिज निर्माणका लागि १५ दिन सवारी आवतजावत बन्द

ताप्लेजुङ, बैशाख १० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अन्तर्गत तमोर

सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा