आठराई त्रिवेणीद्वारा लक्ष्य भन्दा दोब्बर बढी राजश्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ । पालिकाले राजश्व सङ्कलनको लक्ष्य ३५ लाख रुपियाँ राखेकोमा ७५ लाख ८० हजार बढि सङ्कलन गरेको हो ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु दिपेनका अनुसार एक वर्षको अवधिमा ७५ लाख ४० हजार ७०१ रुपियाँ ५३ पैसा राजश्व सङ्कलन गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट उक्त राजश्व सङ्कलन गरेको अध्यक्ष पोमूको भनाई छ ।

यस्तै गाउँपालिका आर्थिक वर्ष २०८१–८२ को विनियोजित कुल बजेटको ७६.६५ प्रतिशत खर्च गरेको छ । चालु तर्फ ८४.२ प्रतिशत र पुँजीगत तर्फ ६५.३ प्रतिशत खर्च भएको छ । पालिकाको कुल बजेट ५१ करोड ५३ लाख ५० हजारको चालु तर्फ ५९.९९ प्रतिशत र पुँजीगत तर्फ ४०.०१ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

चालु आर्थिक वर्षमा लिम्बूनीपुल चोकपुर हाङ्पाङ जोड्ने सडक, दश शैया अस्पताल, सोबुवा खोला पुल लगायतका ठूला विकास योजनाको सम्झौता अनुसारको काम सम्पन्न नभएको कारण पर्याप्त भुक्तानी हुन नसकेकाले पुँजीगत खर्च अपेक्षा अनुसार हासिल गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 6:20 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन