ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड भएको छ । गाउँपालिकाको दुई नम्बर वडा सादेवा स्थित उक्त मन्दिरमा राखिएको मूर्ति तोडफोड भएको हो ।

मूर्ति मन्दिरबाट करिब २० मिटर तल लगेर तोडफोड गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार मूर्तिको एउटा हात भाँचिएको र मूर्ति पूर्ण रुपमा तोडफोड भइ पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ ।

मूर्ति कसले मन्दिरबाट बाहिर निकाली तोडफोड गरे भन्नेबारे अनुसन्धान सुरु गरिएको अध्यक्ष राईको भनाई छ । करिब १ महिना अघि मात्र उक्त मूर्तिको अनावरण गरिएको थियो । मूर्ति कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले अनावरण गर्नुभएको थियो ।

मूर्ति पालिका अध्यक्ष राईको पहलमा भारतबाट ल्याइएको हो । केही समय आफ्नै घरमा राखेर पूजा गर्ने गरेको पनि राईले बताउनुभयो । घटना ठूलो भएकाले निष्पक्ष छानबिन गर्ने राईको भनाई छ ।

उक्त मूर्ति राख्ने समयमा केही असन्तुष्ट पक्षहरूले नराख्न आग्रह गर्दै आएका थिए ।

तस्विर सौजन्य : ओमेन्सा राई

प्रकाशित मिति : 6:36 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन