आठराई त्रिवेणीको बजेट ५२ करोड ३६ लाख बढी



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र हाङ्पाङमा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत असार २१ गते भित्र पारित गरिने गाउँपालिका जनाएको छ ।

प्रकाशित मिति : 3:30 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको