सिरिजङ्घा गाउँपालिकाको बजेट ५८ करोड ७५ लाख बढी



ताप्लेजुङ। सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ७५ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आइतबार आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष डा. चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घको १२ करोड ७८ लाख रुपियाँ, राजस्व बाँडफाँड अन्तरगत १० करोड ६० लाख ७१ हजार रुपियाँ रहेको छ ।

यस्तै प्रदेश वित्तीय समानीकरण अन्तरगत एक करोड १४ लाख ३४ हजार रुपियाँ, प्रदेशको राजस्व बाँडफाँड अन्तरगत ७१ लाख ८७ हजार रुपियाँ रहेको छ । रोयल्टी बाँडफाँड पर्वतारोहण पाँच लाख ६९ हजार ८६३ रुपियाँ, घर जग्गा रजिष्ट्रेशन बाँडफाँडमा १० लाख रुपियाँ रहने उपाध्यक्ष डा. माबोले बजेट विवरण पेश गर्नुभएको छ ।

प्रदेश सरकार मार्फत दहत्तर बहत्तर बाँडफाँड पाँच लाख, आन्तरिक आय तर्फ ६६ लाख ६५ हजार रुपियाँ, सङ्घीय सरकार अन्तरगतको सशर्त अनुदान २६ करोड ३८ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । सङ्घीय सरकारको समपूरक र विशेष अनुदान अन्तरगत क्रमश ८७ लाख र एक करोड १३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारको समपूरक र सर्शत अनुदान अन्तरगत क्रमश एक करोड ३० लाख र एक करोड ५२ लाख ५७ हजार रुपियाँ प्राप्त हुने अनुमा गरिएको पेश गरिएको बजेट विवरणमा उल्लेख गरिएको छ । साथै करुणा फाउण्डेसन अन्तरगत १२ लाख २५ हजार रहने छ ।

गाउँपालिका अध्यक्ष लाल कृष्ण चौहानको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा अध्यक्ष चौहानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत पारित गरिने गाउँपालिका जनाएको छ ।

आठ स्थानीय तह र एक नगरपालिका गरि जम्मा नौ स्थानीय तह रहेको जिल्लामा सिरिजङ्घा गाउँपालिका बजेट प्रस्तुत गर्ने दोस्रो पालिका बनेको छ । यस अघि गत असार पाँच गते सिदिङ्वा गाउँपालिकाले बजेट प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार १६:०१

सिरिजङ्घा गाउँपालिकाको बजेट ५८ करोड ७५ लाख बढी

ताप्लेजुङ। सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ७५

रास्वपा ताप्लेजुङद्धारा भिजिट भिसाको दुरुपयोग र मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

रेडियो काबेलीताप्लेजुङ । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले भिजिट भिसाको

सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङ्गे झरना प्रचार पर्खाइमा (फोटो फिचर)

ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङ्ढङुगे झरनाले प्रचार प्रसारको अभाव

पाथीभरा याङवरक गाउँपालिकाले दियो किसानलाई हाते ट्र्याक्टर

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर प्रदान

ताप्लेजुङको कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदी, ६ महिनामा ३५ वटा घटना

ताप्लेजुङ । ताप्लेजुङको कारागारमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी