पाथीभरा याङवरक गाउँपालिकाले दियो किसानलाई हाते ट्र्याक्टर



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर सहितका कृषि उपकरण प्रदान गरेको हो ।

किसानलाई २० थान हाते ट्रयाक्टर सहित स्प्रेयर र टनेल समेत प्रदान गरिएको पालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार मागका आधारित कृषि कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कृषि औजार सामग्री हस्तान्तरण गरिएको छ ।

कृषि उपकरण पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत संगम पौडेल, वडाध्यक्ष तथा कार्यपालिका सदस्य सहितको उपस्थितिमा किसानहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि ठूलो मात्रामा लगानी गर्दै आइरहेको छ । पालिको उत्कृष्ट ४ किसानलाई पालिकाको स्थापना दिवसको अवसर पारेर हरेक वर्षको फागुन २७ गते नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गर्दै आइरहेको छ ।

पालिकाले खेती उत्पादनका आधारमा पकेट कार्यक्रम समेत लागू गरेको छ । पालिकाका कृषि शाखा प्रमुख निकेश भट्टराईका अनुसार सङ्घीय सर्शत अनुदान सहितको करिव एक करोड हाराहारी रकम कृषि क्षेत्रमा खर्च गरिदै आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 11:57 am

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम