पाथीभरा याङवरक गाउँपालिकाले दियो किसानलाई हाते ट्र्याक्टर



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर सहितका कृषि उपकरण प्रदान गरेको हो ।

किसानलाई २० थान हाते ट्रयाक्टर सहित स्प्रेयर र टनेल समेत प्रदान गरिएको पालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार मागका आधारित कृषि कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कृषि औजार सामग्री हस्तान्तरण गरिएको छ ।

कृषि उपकरण पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत संगम पौडेल, वडाध्यक्ष तथा कार्यपालिका सदस्य सहितको उपस्थितिमा किसानहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि ठूलो मात्रामा लगानी गर्दै आइरहेको छ । पालिको उत्कृष्ट ४ किसानलाई पालिकाको स्थापना दिवसको अवसर पारेर हरेक वर्षको फागुन २७ गते नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गर्दै आइरहेको छ ।

पालिकाले खेती उत्पादनका आधारमा पकेट कार्यक्रम समेत लागू गरेको छ । पालिकाका कृषि शाखा प्रमुख निकेश भट्टराईका अनुसार सङ्घीय सर्शत अनुदान सहितको करिव एक करोड हाराहारी रकम कृषि क्षेत्रमा खर्च गरिदै आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार ११:५७

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४