सवारी दुर्घटना न्यूनिकरणका लागि ताप्लेजुङमा ट्राफिक सप्ताह सुरु



ताप्लेजुङ । ताप्लेजुङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ‘ट्राफिक सप्ताह’ कार्यक्रम सुरु भएको छ । शुक्रबार फुङलिङमा एक कार्यक्रमका साथ ‘ट्राफिक सप्ताह’ सुरु भएको हो ।

एक सातासम्म चल्ने कार्यक्रमको उद्‌घाटन फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले गर्नुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयको समन्वयमा कार्यक्रमको सुरु भएको हो ।

बिभिन्न विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधिलगायतको उपस्थितिमा फुङ्लिङको तोक्मे डाँडाबाट प्रभातफेरी सुरु गरी सामुदायिक भवन सिटी हलमा पुगी औपचारिक रुपमा ‘ट्राफिक सप्ताह’ कार्यक्रम सुरु भएको हो । कार्यक्रममा एक साता सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका बारेमा जानकारी गराइने छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख मादेनले फराकिलो सडक नभएकाले विगतमा केही दुखद घटना हुन पुगेको बताउनुभयो । सडकको स्तरोन्नति गर्न आफूले पहलको गरेको तर, केही कानुनी प्रक्रियामा अल्झिएको दुखेसो पोख्नुभयो । दुर्घटनामा विशेषगरी साना विद्यार्थीलाई जोगाउन आवश्यक रहेका आवश्यकता औँल्याउँदै मेयर मादेनले यस विषयमा सम्बन्धित अभिभावक र बिद्यालय सचेत आवश्यक रहेको बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ट्राफिक नियमको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभयो । यता प्रहरी प्रमुख गौतमले भने, ट्राफिक व्यवस्थालाई दुरुस्त बनाउन आफू सक्रिय रुपमा लागेको बताउनुभयो । कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भिमादेवी ओझा, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष विकास गौतम लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 6:54 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर