मेरिङ्देनले लियो बजेट तथा नीति कार्यक्रमका लागि सुझाब 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमका लागि सुझाव सङ्कलन गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया मार्फत सुझाव सङ्कलन गरेको हो । 

कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट तथा नीति कार्यक्रम निर्माणका लागि पूर्व जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, आदिवासी जनजाति, महिला, दलित, अपाङ्ग, बालबालिका, विभिन्न सङ्घ संस्था, समूहका प्रतिनिधि, सरोकारवालाहरूले आ आफ्ना राय सल्लाह प्रतिक्रिया राखेका थिए । 

यस्तै गाउँपालिका अध्यक्ष यूक हां विर हाङ्गाम (डम्बर), उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय कुमार यादव, वडा अध्यक्षहरू साथै अन्य जनप्रतिनिधिहरूले सुझाव लिनुभएको गाउँपालिका सूचना अधिकारी जितेन लिम्बूले बताउनुभयो । 

प्रकाशित मिति : 8:58 pm

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय