आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर



ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ डेभलपर उत्पादन गरेको छ । एकेडेमीले छ महिने निशुल्क कोर्ष (पाइलट व्याज) मार्फत दक्ष १७ जना वेभ डेभलपर उत्पादन गरेको हो ।

जिल्लाका युवालाई अनलाइनकै माध्यमबाट रोजगारी प्राप्त गर्न सक्ने गरि सक्षम युवा उत्पादन गरि प्रमाण समेत वितरण गरिएको छ । शुक्रबार भएको प्रमाणपत्र वितरण कार्यक्रममा तालिम अवधीमा विद्यार्थीले निर्माण गरेको ४ ओटा वेबसाइट समेत सार्वजनिक गरिएको छ ।

जिल्लामा रहेको व्यवसायी तथा सङ्घ संस्थाको कम्पनीको प्रोजेक्ट लिएर सफलतापूर्वक निर्माण गरि वेबसाइट सार्वजनिक गरिएको आईटी एकेडेमीका हेड अफ एकेडेमी बसन्त लिम्बुले बनाउनुभयो । उहाँका अनुसार सन् २०२५ को जनवरीबाट सुरु गरिएको छ महिने कोर्षबाट १७ जना विद्यार्थीलाई फुल स्ट्याक डेभलपर बनाइएको छ ।

एकेडेमीले गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउण्डेसनको आर्थिक सहयोगमा शतप्रतिशत छुटमा तालिम प्रदान गरिएको हेड अफ एकेडेमी लिम्बुको भनाइ छ । विद्यार्थीले छ महिने कोर्ष मार्फत ८५ ओटा प्रोजेक्ट समेत सम्पन्न गरेका छन । आईटी एकेडेमीमा हाल ग्राफिक डिजाइनका छ महिनाको कोर्ष र वेभ डेभपलपमेन्ट दोश्रो ब्याचको पढाई जारी रहेको छ ।

एकेडेमीले हालसम्म १३५ जना ग्राफिक डिजाइनर, १९ जना डिजिटल मार्केटिङ र १७ जना वेभ डेभलपर उत्पादन गरेको छ । उनीहरूले अहिले अनलाइनको माध्यमबाट विश्वको बिभिन्न क्षेत्रमा रहेका कम्पनीमा रोजगार प्राप्त गरेका छन् । अधिकांश युवाले जिल्लामै बिभिन्न किसिमका ग्राफिक डिजाइनसँग सम्बन्धित स्थानीय काम समेत गरिरहेका छन् । हेड अफ एकेडेमी लिम्बुका अनुसार हालसम्म उत्पादन भएका विद्यार्थीहरूले करिब ६१ लाख भन्दा बढी आम्दानी गरेका छन् ।

एकेडेमीले भावी दिनमा थप नयाँ कोर्षहरुको समेत पढाई सुरु गर्ने योजना तयार पारेको छ । बद्लिँदो समयसँग सुहाउँदो कोर्षहरुलाई प्राथमिकतामा राखेर जिल्लाका नागरिकलाई सक्षम बनाउने गरि पहल जारी राखिएको बताइएको छ ।

प्रमाण पत्र वितरण कार्यक्रममा फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन, पाथिभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेल, भानु जना माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर राई, पत्रकार महासङ्घका अध्यक्ष सुवास आचार्य लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार १९:२१

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ