जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु



ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । जनताको चासो, गुनासो, मागलाई सम्बोधन गर्ने उद्देश्यले उक्त कार्यक्रम बिहिबारबाट सुरु गरेको हो ।

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ समन्वयमा फुङलिङ नगरपालिकाले वडा नं. ९ हाङदेवाबाट कार्यक्रम सुरु गरेको छ । स्थानीय सरकारले गरेको गतिविधिहरू प्रति नगरवासी कत्ति सन्तुष्ट छन् र भावी दिनमा कस्ता योजनाको आवश्यकता रहेछ भन्ने जानकारी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख अमिर मादेनले बताउनुभयो ।

बिहान ११ बजेबाट हाङदेवा स्वास्थ्य चौकीको प्राङ्गणमा सुरु भएको कार्यक्रममा वडा तहका दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्था, वडा बासीहरूले आफ्ना जिज्ञासा अनि गुनासोहरू राख्नुभएको थियो । स्थानीयताले राख्नुभएको जिज्ञासाको जवाफ नगर प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतम, वडाध्यक्ष लक्षुमन गुरुङ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतले दिनुभएको थियो ।

कार्यक्रममा अधिकांशले सडक मर्मत, फोहोरमैला व्यवस्थापन र विद्युत आपुर्ति सम्बन्धी आवाज उठाउनु भएको थियो । यस्तै जनप्रतिनिधिहरूले भने, यसको समाधानमा लाग्ने आश्वासन दिनुभएको छ ।

आज भएको अन्तरक्रिया कार्यक्रमलाई रेकर्ड गरि जिल्लाका तीनओटै रेडियोहरूबाट प्रसारण गर्नुका साथै अफिसियल पेजमार्फत श्रव्यदृश्य समेत प्रसारण गरिने नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।

अब जेठ ३१ गते फुङ्लिङ नगरपालिका ११ नं. फावाखोलामा, असार ३ गते ८ नं. वडा दोखुमा र असार ४ गते १० नं. वडा फुरुम्बुमा कार्यक्रम सञ्चालन हुने तालिका तय भएको छ ।

प्रकाशित मिति : 6:29 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर