ताप्लेजुङमा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा ब्राउन सुगरसहित ४ जना परेका छन् । लागू औषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं. ११ घर भइ हाल फुङलिङ ४ कोप्चे लाइनमा डेरा गरि बस्दै आएका २३ वर्षीय रोमन बिक, फक्ताङलुङ गाउँपालिका तीन घर भइ हाल फुङलिङ नगरपालिका ६ सिर्जना चोक निवासी ३२ वर्षीय मन्दीप लिम्बू, भारतीय नागरिक मनोज साह र देव बहादुर विश्वकर्मा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार रोमन बिकको कोठाबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने प्लास्टिक सहित ४३० मिली ग्राम बरामद गरिएको छ । रोमनलाई मन्दीप लिम्बू लागू औषधको बेचविखन कारोबार गर्दा पैसा दिन्छु भने पछि रोमनले ब्राउन सुगर ल्याएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । 

यस्तै उक्त लागू औषध भारतीय नागरिक मनोज साह र देव बहादुर विश्वकर्मा समेत किन्न आएको अवस्थामा नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति : 10:20 pm

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला