पाथिभरा मन्दिर क्षेत्रमा स्वीकृति विना कुनै कार्य गर्न नपाइने



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर क्षेत्रमा पाथिभरा क्षेत्र विकास समितिको स्वीकृति विना कार्यक्रम तथा संरचना निर्माण गर्न नपाइने भएको छ । मङ्गलबार बसेको क्षेत्र विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पाथिभरामा विभिन्न सङ्घ संस्था तथा व्यक्तिगत रूपले गरिने कार्यक्रम, अभियान र संरचना निर्माण गर्दा क्षेत्र विकासको पूर्व स्वीकृति अनुसार मात्र गर्न मिल्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने गुरु योजना निर्माण गरी पुरातत्त्व विभागलाई समेत अनुरोध गरिसकेकोले समितिको तर्फबाट गरिने काम पनि निर्णय गरेर मात्रै गरिँदै आइएको छ ।

यस्तै पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ (पहिलो संशोधन २०७५) ले पाथीभरा क्षेत्रको सीमाङ्कन पनि प्रष्टयाएको छ । जस अनुसार पूर्वमा सिरिजङ्गा गाउँपालिका वडा नं. ३ को हर्कटे डाँडालाई भित्र पारी फुङलिङ नगरपालिकाको वडा नं। ११ फावाखोलाको सिम्बुसम्मको सम्पूर्ण क्षेत्र, फक्ताङलुङ गाउँपालिकाको वडा नं. ३ लिङखिम र वडा नं. ५ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रको सम्पूर्ण क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र पाथीभरा क्षेत्रमा पर्ने छ ।

उत्तरमा फक्ताङलुङ गाउँपालिकाको वडा नं. ४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं. ३ र वडा नं. ६ को सिमाना क्षेत्रभित्रको सम्पूर्ण क्षेत्र तथा दक्षिणमा फुङलिङ नगरपालिकाको वडा नं. १० को फुरुम्बु गढी डाँडा, वडा नं. ९ को देउराली, वडा नं। ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिकाको वडा नं. ३ को दुधिले पश्चिम फुङलिङ नगरपालिकाको सिमानाको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्र विकास समिति गठन आदेशले पाथीभरा क्षेत्र भनी निर्धारण गरेको छ ।

पाथीभरा क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्ने (निजी जमिन बाहेक) र यसको संरक्षण, रेखदेख गर्ने मुख्य दायित्व क्षेत्र विकास समितिको भएकोले बिना अनुमति कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : 9:21 pm

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र