ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला



ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना मृत अवस्थामा भेटिएका छन् । फुङलिङ नगरपालिका टाँरबारीका निङमा साङगे शेर्पाको ११ वर्षीय छोरी गंगा शेर्पा नदीले बगाएर बेपत्ता भएको ५ दिनपछि मृत अवस्थामा भेटिएको हो ।

गत जेठ २२ गते नदीले बगाएर बेपत्ता बनाएको बालिकालाई तेह्रथुमको छत्तर गाउँपालिका ३ को खिरखिर स्थित नावा खोला नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । अन्य साथीहरुसँग फुङलिङ नगरपालिकाको डम्पिङ साईडमा केही सामाग्री खोज्न तथा हेर्न गएकी बालिका ढुङ्गाबाट चिप्लिँदा नदीले बगाएर बेपत्ता भएकी थिइन् ।

तिर्खा लागेपछि पानी पिउन तमोर नदीमा गएको र चिप्लिएर नदीमा पसेको अन्य बालिकाहरूले बताएको प्रहरीको भनाइ छ ।नदीले बगाएर बेपत्ता भएपछि स्थानीय तथा प्रहरीले खोजीकार्यलाई जारी राखेका थिए । जसअन्तर्गत सोमबार बिहान बालिकालाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै बेपत्ता भएको छ दिनपछि आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीका ३७ वर्षीया कमला शेर्पा शनिबार नदीमा मृत अवस्थामा भेटिएकी छिन् । शेर्पालाई शनिबार बिहान साढे आठ बजे पाँचथरको हिलिहाङ गाउँपालिका २ दुधेपानी स्थित तमोर खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार १९:१९

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ