ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला



ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना मृत अवस्थामा भेटिएका छन् । फुङलिङ नगरपालिका टाँरबारीका निङमा साङगे शेर्पाको ११ वर्षीय छोरी गंगा शेर्पा नदीले बगाएर बेपत्ता भएको ५ दिनपछि मृत अवस्थामा भेटिएको हो ।

गत जेठ २२ गते नदीले बगाएर बेपत्ता बनाएको बालिकालाई तेह्रथुमको छत्तर गाउँपालिका ३ को खिरखिर स्थित नावा खोला नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । अन्य साथीहरुसँग फुङलिङ नगरपालिकाको डम्पिङ साईडमा केही सामाग्री खोज्न तथा हेर्न गएकी बालिका ढुङ्गाबाट चिप्लिँदा नदीले बगाएर बेपत्ता भएकी थिइन् ।

तिर्खा लागेपछि पानी पिउन तमोर नदीमा गएको र चिप्लिएर नदीमा पसेको अन्य बालिकाहरूले बताएको प्रहरीको भनाइ छ ।नदीले बगाएर बेपत्ता भएपछि स्थानीय तथा प्रहरीले खोजीकार्यलाई जारी राखेका थिए । जसअन्तर्गत सोमबार बिहान बालिकालाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै बेपत्ता भएको छ दिनपछि आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीका ३७ वर्षीया कमला शेर्पा शनिबार नदीमा मृत अवस्थामा भेटिएकी छिन् । शेर्पालाई शनिबार बिहान साढे आठ बजे पाँचथरको हिलिहाङ गाउँपालिका २ दुधेपानी स्थित तमोर खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 7:19 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता