ताप्लेजुङका उत्कृष्ट कृषक सम्मानित



ताप्लेजुङ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रुपमा आयोजित कार्यक्रमको अवसरमा केन्द्रले ताप्लेजुङका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।

नौ ओटा स्थानीय तह रहेको ताप्लेजुङको हरेक पालिकाले छनोट गरेर पठाएको एकएक जना उत्कृष्ट कृषकलाई नगदसहित दोसल्ला ओढाएर प्रशंसा पत्रले सम्मान गरेको केन्द्रका कार्यालय प्रमुख विमला पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा याङवरक गाउँपालिकाका उत्कृष्ट कृषक सन्तोष खिम्दिङ, फक्ताङलुङ गाउँपालिकाका भक्त बहादुर कार्की, फुङलिङ नगरपालिकाका पोष्ट बहादुर कार्की र सिरीजंघा गाउँपालिकाका छत्रमान कुँवरलाई सम्मान गरिएको छ ।

यस्तै मेरिङदेन गाउँपालिकाका विजयप्रकाश चोङबाङ, मिक्वाखोला गाउँपालिकाका डम्बर बहादुर बस्नेत, सिदिङवा गाउँपालिकाका इन्द्र बहादुर लिम्बू मैवाखेला गाउँपालिकाका छत्र बहादुर लिम्बू र आठराई त्रिवेणी गाउँपालिकाका उत्कृष्ट कृषक शंकरप्रसाद श्रेष्ठलाई सम्मान गरिएको प्रमुख पोखरेलले बताउनुभयो ।

सम्मानित हुने कृषकहरूले किवी फल, काजु, अलैँची लगायतका फलफूल, सागसब्जी लगायतका बाली लगाएको कृषकहरूले बताएको छ । आफ्नो पेशाको मल्याङ्कन सहित सम्मान प्रकट गरेको प्रति आभार प्रकट गर्दै भविष्यमा थप उर्जा प्राप्त भएको सम्मानित कृषकहरूले बताएका छन् ।

उत्कृष्ट कृषकलाई जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण प्रसाद लिङखिम र कार्यालय प्रमुख पोखरेलले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : 6:57 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता