पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर



ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्व राजा नागरिक भइसकेको बताउनुभएको छ । शनिबार नेपाल प्रेस युनियन ताप्लेजुङले फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पूर्व राजाका नाममा भईरहेका हर्कत भएको र राजाबाट हटेपछि ज्ञानेन्द्र शाह नागरिक भइसकेको बताउनुभएको छ । यस्तै पूर्व राजा भन्ने शब्द प्रयोग गर्न पनि वाञ्छनीय नहुने उहाँको भनाई छ ।

यस्तै गठबन्धनको प्रसङ्गमा प्रजातन्त्रले रिजल्ट भन्दा पनि प्रक्रिया हेर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको कार्य सम्पादनको बैठकले एमाले सँगको गठबन्धन गर्ने निर्णय गरेको सुनाउँदै यो प्रक्रियालाई मान्नु पर्ने बताउनुभएको छ ।

साथै यो गठबन्धनले राम्रो प्रफमेन्स गर्नु पर्ने, जनताका कुरालाई सम्बोधन गर्नु पर्ने र बायपङ्खी घोडा जस्तै अगाडि बढ्नु पर्ने उहाँको जोड थियो ।

प्रकाशित मिति : 9:00 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ