हाल्फ म्याराथन प्रतियोगिताको उपाधि विविसन र जुनीलाई



ताप्लेजुङ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ म्याराथन प्रतियोगितामा पुरुषतर्फको उपाधि ताप्लेजुङका धावक र महिलातर्फको उपाधि भोजुपरकी धाबिकाले हात पार्नु भएको छ ।

प्रतियोगितामा ताप्लेजुङका विविसन लिम्बूले निर्धारित दुुरी १ घण्टा १२ मिनेट १५ सेकेण्डमा पार गर्दै उपाधि हात पार्नु भएको हो । यस्तै महिला तर्फ भोजपुरकी जुनी राई प्रथम हुनुभएको छ । उहाँले १ घण्टा ३६ मिनेटमा निर्धारित दुरी पार गर्नु भएको म्याराथन व्यवस्थापन संयोजक अमिर राइले जानकारी दिनुभयो ।

यस्तै पुरुष तर्फ दोस्रो फिदिम पाँचथरका विसाल राई र तेस्रो मिक्वाखोला गाउँपालिकाका प्रकाश लिम्बू हुनुभएको छ । उहाँहरुले क्रमश १ घण्टा १२ मिनेट १८ सेकेण्ड र १ घण्टा १४ मिनेटमा निर्धारित दुरी पार गर्नु भएको छ ।

त्यस्तै १ घण्टा ३७ मिनेटमा निर्धारित दुरी पार गर्दै महिला तर्फ मिक्लाजुङ पाँचथरका पुस्पा शेर्मा हुनु भएको छ । तेश्रो हुनु भएकी भोजपुर रामप्रसाद गाउँपालिकाकी विनिता राईले १ घण्टा ५० मिनेटमा निर्धारित दुरी पार गर्नु भएको छ ।

पुरुष तथा महिलातर्फको विजेताले समान ४०–४० हजार नगर पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै द्धितियलाई ३०–३० हजार र तृतिय बन्ने प्रतियोगिलाई २०–२० हजार रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाको प्रचारप्रसारका लागि सिदिङबा गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता सादेवाको थामडाँडादेखि धामसम्म दौड सञ्चालन गरिएको थियो ।

सदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवद्र्धन गर्न पनि महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 12:09 pm

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा