मिक्वाखोलामा अल्लोको कपडाबाट झोला बनाउने तालिम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर १ खोक्लिङमा अल्लोको कपडा बाट झोला बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजना र वडा नं.१ खोक्लिङको समन्वयमा गत वैशाख १४ गतेबाट सुरु भएको एक महिने तालिम बिहिबार सम्पन्न भएको हो ।

अघिल्लो आर्थिक वर्षमा आधारभुत तालिम प्रदान गरिएका वडाका ११ जना महिलाहरुलाई यो आर्थिक वर्षमा एडभान्स तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो । स्थानीयको मागको आधारमा तालिम प्रदान गरिएकोले तालिम प्रभावकारी भएको प्रमुख सुहाङको भनाई छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले स्थानीय स्तरमा पाईने अल्लोको कपडाबाट विभिन्न सामाग्री बनाउने मात्रै नभई अल्लोबाट धागो बनाउने तालिम पनि आवश्यक रहेकोले यसतर्फ गाउँपालिकाले पनि ध्यान दिने बताउनुभयो । साथै उहाँले स्थानीयले उत्पादन गरेको सामाग्रीलाई बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष डण्डु लामाले तालिम लिने महिलाहरुलाई उद्योग दर्ता गरेर अघि बढ्न आग्रह गर्नुभयो । तालिम घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ महिला समिती अध्यक्ष तथा व्यवसायी विष्णु श्रेष्ठले दिनुभएको थियो । आफ्नै गाउँमा सिप सिक्न पाउँदा खुसि व्यक्त गर्दै छिट्टै उद्योग दर्ता गरेर सञ्चालन गर्ने सहभागि गंगा कार्कीले बताउनुभयो । स्थानीय स्तरमा पाईने भाङ्ग्रे सिस्नो (अल्लो¬) बाट धागो बनाएर कपडा बनाईन्छ त्यसपछि झोला, कोट, पर्स, साईड व्याग लगायत विभिन्न सामाग्री तयार गर्ने गरिन्छ ।

प्रकाशित मिति : 8:32 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता