बुद्द इङ्लिश बोर्डिङ स्कुलले मनायो १८औँ बार्षिक उत्सब



ताप्लेजुङ । ताप्लेजुङ बुद्द इङ्लिश बोर्डिङ स्कुलले १८औँ बार्षिक उत्सब मनाएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले बि स २०६५ सालमा स्थापना भएको ताप्लेजुङ बुद्द बोर्डिङले बिबिध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

दिवसको अबसरमा प्रत्येक कक्षाबाट बिबिध क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई हौसला स्वरुप पुरस्कृत गरिएको छ । त्यस्तै एक शैक्षिक सत्र भरी नै निरन्तर बिद्यालयमा उपस्थित हुने विद्यार्थी, अनुसाशित तथा सरसफाईमा विशेष ध्यान दिने बिद्यार्थीलाई समेत पुरस्कृत गर्दै स्थापना दिवस मनाएको सस्थापक प्रधानाध्यापक इन्द्र गुरुङले जानकारी दिनुभयो ।

यस्तै दिवसकै अबसरमा बिद्यालयमा लामो समयसम्म अध्यापन गराउने शिक्षक रबिन सुब्बालाई समेत नगद सहित प्रसंसा पत्रले सम्मान गरेको गुरुङको भनाई छ । कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरुले नृत्य लगायतका अन्य कला समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 6:31 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर