ताप्लेजुङमा लागू औषध सहित तीन जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ परेका छन् । उनीहरु फुङलिङ नगरपालिका छ पाथीभरा चौकबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्ने सिरिजङ्घा गाउँपालिका सात निवासी १९ वर्षका आदर्श भट्टराई, फक्ताङलुङ गाउँपालिका दुई घर भई हाल फुङलिङ नगरपालिका छ बस्ने २७ वर्षका विमर्स सुन्दास र फुङलिङ नगरपालिका १० का १९ वर्षीय नबिन गुरुङ रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विबेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार ताप्लेजुङ नगरपालिका छ पाथीभरा चौक आसपासको एरियामा केही मानिसहरूले लागू औषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ट्रमाडोल डाइड्रोक्लोराईड क्याप्सुल आईपी लेखिएको क्याप्सुल ११६ पिस, डाइसिक्लोमाइन एचसिआई ट्याबलेट आईपी लेखिएको ट्याबलेट ५९ पिस बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई लागू औषध नियन्त्रण ऐन, २०३३ तथा प्रचलित कानून बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4:39 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता