ताप्लेजुङमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ 



ताप्लेजुङ। ताप्लेजुङमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ परेका छन् । फुङ्लिङ स्थित तोक्मे डाँडाको याकरामा तेन (धान नाच) पार्कमा च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गरी प्रचार प्रसार गर्ने दुई पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका २२ वर्षीय र २० वर्षीय पुरुष रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त पार्क स्थलको भित्तामा बनाइएको प्रतिमामा अश्लिल हर्कत गरेको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको आरोपमा पक्राउ गरिएको छ । 

उनीहरूलाई फुङलिङ बजारबाट जेठ १२ गते पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२१ तथा प्रचलित कानुन बमोजिम कसूरमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुमति सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 5:04 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन