कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट  एक हजार २४ केजी अवैध बीउ जफत 



ताप्लेजुङ । सुनसरी जिल्लाका विभिन्न गाउँपालिकामा सूचीकृत तथा दर्ता नभएका धान र अन्य बालीका बीउहरू अवैधरूपमा बिक्री वितरण भइरहेको पाइएको छ। कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिं हाङगामको निर्देशनमा गरिएको कडा अनुगमनका क्रममा कूल १०२४ केजी अवैध बीउ जफत गरिएको हो।

प्रदेश बिउ विजन ऐन २०८१ र जीवनाशक विषादी ऐन २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्री हाङगामको निर्देशनमा सचिव शरणकुमार पाण्डेको संयोजनमा अनुगमन समिति गठन गरिएको थियो। उक्त टोलीमा बिउ विजन प्रयोगशाला झुम्का, कृषि ज्ञान केन्द्र इनरुवाका प्रतिनिधि, बाली विकास अधिकृत योगेन्द्र यादव, बिउ निरीक्षक पुरुषोत्तम जोशीसहित प्राविधिक तथा प्रशासनिक अधिकारीहरूको सहभागिता थियो।

अनुगमन टोलीले कोशी गाउँपालिका, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा स्थलगत अनुगमन गर्दा विभिन्न अनियमितता फेला पारेको हो। अनुमति पत्र नविकरण नगरेका, बिनाअनुमति बीउ बिक्री गर्ने, तथा म्याद गुज्रिएका बीउ बिक्री गर्ने व्यवसायीहरू भेटिएका छन्। टोली आउँदैछ भन्ने जानकारी पाएपछि धेरै पसलहरू अग्रिम रूपमा बन्द गरिएको देखिएको थियो।

कोशी गाउँपालिका –३, इनरुवा नगरपालिका–५ र भोक्राहा नरसिंह गाउँपालिका–७ का तीन–तीनवटा पसलमा अनियमितता भेटिएको हो। विशेष गरी भोक्राहा नरसिंह अनुगमन टोली पुग्दा पसल बन्द गरिए तापनि बीउहरू पसलबाहिर छोडिएको पाइएपछि वडाध्यक्षको रोहबरमा ती बीउ जफत गरिएको हो।

अनुगमनका क्रममा जफत गरिएका बीउहरूमध्ये बीबी–११ जातको ९२० केजी, एमटीयू–७०२९ जातको ३० केजी, कोमल–१०१ जातको ६० केजी, सोना मन्सुली जातको ६५ केजी, र म्याद गुज्रिएको तरकारी बीउ ४ केजी रहेका छन्।

अनुगमनमा सूचीकृत नभएका बीउहरू राष्ट्रिय बिउ विजन कम्पनी मोरङ, कृषक बिउ उत्पादक समूह झापा, भूमि सीड विराटनगर, कञ्चन बिउ उद्योग, मेची कृषक सहकारी संस्था, तमोर बिउ उत्पादक समूह र ईस्ट वेस्ट सीड कम्पनीबाट वितरण गरिएको पाइएको छ। त्यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड, इटहरी शाखाबाट व्यवसाय प्रमाणपत्र नलिएका व्यक्तिहरूलाई बीउ उपलब्ध गराइएको पनि खुलासा भएको छ।

कृषकलाई भ्रममा पारेर अवैध बीउ बिक्री गर्ने तथा कृषि प्रणालीमा गम्भीर असर पार्ने कार्यप्रति सरकार गम्भीर बनेको बताइएको छ। मन्त्री खगेन्द्रसिं हाङगामले दोषी व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आईतवार ११:४१

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट  एक हजार २४ केजी अवैध बीउ जफत 

ताप्लेजुङ । सुनसरी जिल्लाका विभिन्न गाउँपालिकामा सूचीकृत तथा दर्ता नभएका

माओवादी केन्द्र आठराई त्रिवेणीको अध्यक्षमा बिमला लिम्बू चयन, वाईसीएलमा वनेम

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) आठराई त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा

मैवाखोला गाउँपालिकाले अनुदानमा कृषकलाई दियो चौँरी तथा याक

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक

एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु

ताप्लेजुङ । ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत

ताप्लेजुङका ६ बहुवर्षे योजना कोशी प्रदेश सरकारद्धारा स्वीकृत

ताप्लेजुङ। कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे