माओवादी केन्द्र आठराई त्रिवेणीको अध्यक्षमा बिमला लिम्बू चयन, वाईसीएलमा वनेम



ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) आठराई त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा बिमला लिम्बु (लाजिमा) चयन हुनुभएको छ । शनिबार सम्पन्न तेस्रो पालिका अधिवेशनबाट लाजिमाको नेतृत्वमा ३९ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षहरूमा गणेश सावाँ लिम्बु, कमल रामदाम, बिमला गुरुङ, सचिवमा बिरेन्द्र हाङ्बाङ महासचिवमा खगेन्द्र गुरुङ र कोषाध्यक्ष लक्ष्मी बराइली (रसाइली) चयन हुनुभएको छ । आठराई त्रिवेणीको अधिवेशन संगै ताप्लेजुङमा माओवादी केन्द्रको पालिका अधिवेशन सम्पन्न भएको छ । नौ वटा स्थानीय तह रहेको जिल्लामा यस अघि सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

यस्तै सोही अवसरमा माओवादी केन्द्र निकट वाईसीएल नेपाल आठराई त्रिवेणीको पालिका अधिवेशन पनि सम्पन्न भएको छ । वाईसीएल आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा प्रदिप वनेम चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षहरूमा सुजन आङबुहाङ, सुरेन हाङबाङ, मन्दिप आङबुहाङ, सचिवमा सरोज आङबुहाङ, सहसचिवहरूमा बिमल रामदाम, शुक्रराज आङ्बुहाङ र कमल रसाइली चयन हुनुभएको छ ।

साथै कोषाध्यक्षमा खाण्डु सोनाम शेर्पा सहित २९ सदस्यीय नयाँ पालिका कमिटी चयन गरिएको छ । पालिका अधिवेशनमा पार्टीका केन्द्रीय सदस्यहरू अजम्बर काममाङ राई, खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा जिल्ला संयोजक विष्णु कुमार हाङ्बाङ लगायतको नेताहरूको उपस्थिति सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आईतवार ११:३१

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ