मैवाखोला गाउँपालिकाले अनुदानमा कृषकलाई दियो चौँरी तथा याक



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको हो ।

चालु आर्थिक वर्षको स्वीकृत याकचौँरी प्रबर्द्धन कार्यक्रम अन्तर्गत साम्तोङका कृषक समूहलाई चौँरी तथा याक वितरण गरिएको पालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार कृषक समूहलाई १४ वटा चौँरी प्रदान गरिएको छ ।

कृषकको २० प्रतिशत साझेदारीमा चौँरी याक प्रवर्द्धनका लागि उपलब्ध गराइएको अध्यक्ष वनेमको भनाइ छ । शतप्रतिशत पालिकाको अनुदानमार्फत प्रदान गरिएको वस्तुको कृषकहरूले बेवास्ता गरेको पाइएकाले केही मात्रामा कृषकको समेत साझेदारी रहनेगरी चौँरी तथा याक प्रदान गरिएको पालिका अध्यक्षको भनाइ छ ।

चालु आर्थिक वर्षमा करिब पाँच लाख रुपियाँ बराबरको याक तथा चौँरी खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरिएको छ । यस अभियानबाट कृषकले उत्कृष्ट प्रतिफल दिएमा आगामी आर्थिक वर्षमा थप अन्य कृषक समूहलाई समेत अनुदानमा चौँरी याक वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने पालिका अध्यक्ष वनेमले बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आईतवार ११:२७

फुङलिङ बजारका सुँगुर पालकले खोर नहटाउने

ताप्लेजुङ । फुङलिङ बजारका सुँगुर पालक कृषकले सुँगुरको खोर नहटाउने भएका

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको