एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु



ताप्लेजुङ । ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुरु भएको छ।गत जेठ १ गते बिहीबार रातिदेखि बन्द रहेको आयोजनाको विद्युत उत्पादन पुन सुरु भएको हो।

९.९ मेगावट क्षमताको आयोजनाको विद्युत उत्पादन बिहीबारबाट सुरु भएको रिडी पावर कम्पनी लिमिटेडका इन्चार्ज तारा चौधरीले बताउनुभयो।उहाँका अनुसार आयोजनाको विद्युत गृहमा रहेको विभिन्न उपकरणमा समस्या आएका कारण उत्पादन बन्द भएको थियो।

उपकरण मर्मतका लागि भारतबाट सामग्री झिकाएर जडान तथा मर्मतको कार्य सम्पन्न गर्नासाथ उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।

गत वर्षको वर्षात याममा आयोजनामा बाढी पहिरोले क्षति गर्दा चार महिनासम्म उत्पादन ठप्प भएको थियो। बाढीले क्षति गरेको संरचना करोडौँ रकम खर्चेर सञ्चालनमा ल्याएको एक वर्ष नपुग्दै पुन पावर हाउसको उपकरणमा समस्या आउँदा करिब एक साता विद्युत उत्पादन ठप्प भएको थियो ।

प्रकाशित मिति : 11:24 am

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने