ताप्लेजुङका ६ बहुवर्षे योजना कोशी प्रदेश सरकारद्धारा स्वीकृत



ताप्लेजुङ। कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो ।

सबैभन्दा ठुलो योजनाअन्तर्गत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने सडक योजना रहेको छ ।

यसका कोशी प्रदेश सरकारले ७५ करोड १३ रुपियाँको योजना स्वीकृत गरेको कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका जानकारी दिनुभएको छ ।

उहाँका अनुसार तमोर करिडोर सडक जोड्ने फुङलिङ वडा नं. ९ र वडा नं. १० क्षेत्रमा पर्ने हाङदेवा खोलामा मोटरवेल पुल निर्माणका लागि पाँच करोड १९ लाख, मेरिङदेन गाउँपालिका वडा नं. ३ र मिक्वाखोला गाउँपालिका वडा नं। १ जोड्ने मेवाखोला मोटरवेल पुलका लागि आठ करोड ७१ लख रुपियाँको योजना समेत स्वीकृत भएको छ ।

यस्तै आठराई त्रिबेणी मार्गमा पर्ने सोबुवाखोला मोटरेवल पुलका लागि पाँच करोड ७९ लाख, आठराई त्रिबेणी गाउँपालिकामा पर्ने चुँवाखोला गाईतर्ने मुहान भई पालिका आसपास हुँदै पञ्चमी कोलचौर सिँचाइ योजनाका लागि छ करोड २० लाख र मैवाखोला गाउँपालिकामा पर्ने बुङधाक–तुम्बे–नेरा सिँचाइ योजनाका लागि छ करोड १० लाख रुपियाँको बहुवर्षे योजना स्वीकृत भएको छ ।
 

प्रकाशित मिति : 11:20 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन