ताप्लेजुङका ६ बहुवर्षे योजना कोशी प्रदेश सरकारद्धारा स्वीकृत



ताप्लेजुङ। कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारले बहुवर्षे योजनाअन्तर्गत पाँच करोडदेखि ७५ करोड रुपियाँ माथिका ६ वटा योजना स्वीकृत गरेको हो ।

सबैभन्दा ठुलो योजनाअन्तर्गत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने सडक योजना रहेको छ ।

यसका कोशी प्रदेश सरकारले ७५ करोड १३ रुपियाँको योजना स्वीकृत गरेको कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका जानकारी दिनुभएको छ ।

उहाँका अनुसार तमोर करिडोर सडक जोड्ने फुङलिङ वडा नं. ९ र वडा नं. १० क्षेत्रमा पर्ने हाङदेवा खोलामा मोटरवेल पुल निर्माणका लागि पाँच करोड १९ लाख, मेरिङदेन गाउँपालिका वडा नं. ३ र मिक्वाखोला गाउँपालिका वडा नं। १ जोड्ने मेवाखोला मोटरवेल पुलका लागि आठ करोड ७१ लख रुपियाँको योजना समेत स्वीकृत भएको छ ।

यस्तै आठराई त्रिबेणी मार्गमा पर्ने सोबुवाखोला मोटरेवल पुलका लागि पाँच करोड ७९ लाख, आठराई त्रिबेणी गाउँपालिकामा पर्ने चुँवाखोला गाईतर्ने मुहान भई पालिका आसपास हुँदै पञ्चमी कोलचौर सिँचाइ योजनाका लागि छ करोड २० लाख र मैवाखोला गाउँपालिकामा पर्ने बुङधाक–तुम्बे–नेरा सिँचाइ योजनाका लागि छ करोड १० लाख रुपियाँको बहुवर्षे योजना स्वीकृत भएको छ ।
 

प्रकाशित मिति : 11:20 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय