अल्लोलाई ब्राण्डीङ गर्दै मैवाखोला गाउँपालिका



रेडियो काबेली । अल्लोलाई ब्राण्डीङ गर्न ताप्लेजुङको मैवाखोला गाउँपालिका लागिपरेको छ । गाउँपालिका विगत तीन आर्थिक वर्ष यताबाट अल्लोलाई ब्राण्डीङ गर्न लागि परेको हो । 

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार स्थानीय स्तरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै महिला तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिका अल्लो ब्रान्डिङमा लागेको हो । यो अभियान अहिले जङ्गलको भाङ्ग्रे सिस्नुलाई धागो बनाएर कपडा तयार गर्न सक्ने सम्म पुगेको अध्यक्ष वनेमको भनाई छ । 

गाउँपालिकाले दरखास्त आह्वान गरेर सबै वडाको प्रतिनिधित्व हुने गरि आर्थिक वर्ष २०७९/८० मा अल्लोबाट धागो बनाउने तालिम प्रदान गरेको थियो । यस्तै गत आर्थिक वर्ष (२०८०/८१) मा अल्लोको धागोबाट कपडा बुन्ने तालिम प्रदान गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षमा भने अल्लोको धागोबाट कपडा तयार गर्ने र विभिन्न डिजाइनका सामग्रीहरू तयार गर्न सक्ने तालिम प्रदान गरेको छ । तालिम गाउँपालिका प्रत्येक वडाबाट प्रतिनिधि हुने गरि नौ जना महिला र एक जना पुरुष गरि जम्मा १० जनालाई तालिम प्रदान गरेको छ । 

तालिम सँगै तालिम दिएका दशैँ जनालाई एक एक वटा सिलाई बुनाई गर्ने मेसिन पनि हस्तान्तरण गरेको पालिका अध्यक्ष वनेमको भनाई छ । उहाँका अनुसार गुणस्तरीय सामाग्री उत्पादन गर्नका लागि यसपछि उक्त तालिम लिएकाहरूलाई पुर्नताजकी तालिम प्रदान गरिने छ । 

साथै उत्पादित सामग्रीहरूलाई बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने जनाएको छ । 

प्रकाशित मिति : 8:07 pm

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम