अल्लोलाई ब्राण्डीङ गर्दै मैवाखोला गाउँपालिका



रेडियो काबेली । अल्लोलाई ब्राण्डीङ गर्न ताप्लेजुङको मैवाखोला गाउँपालिका लागिपरेको छ । गाउँपालिका विगत तीन आर्थिक वर्ष यताबाट अल्लोलाई ब्राण्डीङ गर्न लागि परेको हो । 

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार स्थानीय स्तरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै महिला तथा आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पालिका अल्लो ब्रान्डिङमा लागेको हो । यो अभियान अहिले जङ्गलको भाङ्ग्रे सिस्नुलाई धागो बनाएर कपडा तयार गर्न सक्ने सम्म पुगेको अध्यक्ष वनेमको भनाई छ । 

गाउँपालिकाले दरखास्त आह्वान गरेर सबै वडाको प्रतिनिधित्व हुने गरि आर्थिक वर्ष २०७९/८० मा अल्लोबाट धागो बनाउने तालिम प्रदान गरेको थियो । यस्तै गत आर्थिक वर्ष (२०८०/८१) मा अल्लोको धागोबाट कपडा बुन्ने तालिम प्रदान गरेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षमा भने अल्लोको धागोबाट कपडा तयार गर्ने र विभिन्न डिजाइनका सामग्रीहरू तयार गर्न सक्ने तालिम प्रदान गरेको छ । तालिम गाउँपालिका प्रत्येक वडाबाट प्रतिनिधि हुने गरि नौ जना महिला र एक जना पुरुष गरि जम्मा १० जनालाई तालिम प्रदान गरेको छ । 

तालिम सँगै तालिम दिएका दशैँ जनालाई एक एक वटा सिलाई बुनाई गर्ने मेसिन पनि हस्तान्तरण गरेको पालिका अध्यक्ष वनेमको भनाई छ । उहाँका अनुसार गुणस्तरीय सामाग्री उत्पादन गर्नका लागि यसपछि उक्त तालिम लिएकाहरूलाई पुर्नताजकी तालिम प्रदान गरिने छ । 

साथै उत्पादित सामग्रीहरूलाई बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने जनाएको छ । 

प्रकाशित मिति : 8:07 pm

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी