पाथिभरा आउने तीर्थयात्रीका लागि आठ वर्षदेखि निःशुल्क अक्सिजन र औषधी



ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनका लागि आउनुहुने तीर्थयात्रीका लागि आठ वर्षदेखि निशुल्क अक्सिजन सिलिन्डर र औषधि उपलब्ध गराउँदै आइएको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले आठ वर्षदेखि अक्सिजन सिलिन्डर र औषधि उपलब्ध गराउँदै आएको हो ।

पाथीभरा दर्शनका लागि जाँदै गरेका एक बालकले मृत्यु भए पछि झापा बिर्तामोडका शरद जोशी समेतको सक्रियतामा उक्त क्लबहरूले तीर्थयात्रीलाई अक्सिजन सिलिन्डर र औषधि निशुल्क उपलब्ध गराइँदै आएको छ । बालकको २०७६ सालमा मृत्यु भएको थियो ।

अक्सिजन अभावकै कारण ती बालकको ज्यान गएपछि फेरि त्यस्तै क्षति हुन नदिन यी संस्थाले सहयोग गर्दै आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउँनुभयो । तीन थान बोकेर हिँड्न मिल्ने अक्सिजन सिलिन्डरबाट सुरु भएको सहयोग अन्तर्गत अहिले औषधि, स्यानिटरी प्याड हट ब्याग लगायतका सामग्री प्राप्त भएको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका अहेव उमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

क्लबका संस्थापक अध्यक्ष समेत रहनुभएका जोशी सहितको टोली हरेक वर्ष उपस्थित भएर अक्सिजन र औषधी पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्ने र समितिले उपचार केन्द्रलाई उपलब्ध गराउने क्रम चलेको पौडेलले बताउनुभयो ।

रोटर्याक्ट क्लब बिर्तामोड मिडटाउनका परियोजना संयोजक दिनेश खतिवडाका अनुसार, यसलाई क्लबको वार्षिक कार्यक्रमको रूपमा समावेश गरिएको छ। यस वर्ष क्लबका अध्यक्ष सञ्जय अग्रवालको सहकार्यमा एक लाख रुपैयाँ बराबरको औषधि, उपकरण, सेनेटरी प्याड लगायतका सामग्री प्रदान गरिएको थियो ।

प्रकाशित मिति : 7:27 pm

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र