ताप्लेजुङको मेरिङदेनमा गाडी दुर्घटना हुँदा ९ जना घाइते



ताप्लेजुङ। ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मेरिङदेन गाउँपालिका ३ खाम्लुङको साक्फारामा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाईते हुनेमा मेरिङदेन गाउँपालिका ६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम, २४ वर्षीय अञ्जना शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, २३ वर्षीया फुर्लामु शेर्पा र ५१ वर्षीया गुबा शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिका ५ का २४ वर्षीया प्रमिला शेर्पा घाईते हुनु भएको छ । घाइते यात्रुहरूको शरीरका विभिन्न अङ्गमा चोटपटक लागेको प्रहरीले जनाएको छ । घाइते सबैजनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।

मेरिङदेन गाउँपालिकाको नाल्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी बिहान साढे १० बजे दुर्घटनामा परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : 12:31 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि