ताप्लेजुङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु 



ताप्लेजुङ । ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी विष्णु माया लिङ्देनको मृत्यु भएको हो । 

५१ वर्षीय लिङदेनलाई विहीबार दिउसो खोला तर्ने क्रममा खोलाले बगाएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार लिङ्देनलाई खोलाले करिब १५० मिटर टाढा बगाएको थियो । 

घटना लगत्तै सिदिङ्वा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रत्नबहादुर लिङ्देनले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थलमा परिचालित भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:36 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन