काँग्रेस ताप्लेजुङले गरेको स्थानीय तहमा घुम्ती बैठकको निर्णय कार्यान्वयनमा आयो



ताप्लेजुङ । नेपाली काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङले प्रत्येक स्थानीय तहमा घुम्ती बैठक गर्ने निर्णय कार्यान्वयन गरेको छ । चुनावका बेला मात्र नभई बैठक बस्न समेत गाउँ–गाउँ पुग्न सके पार्टी र जनताको वास्तविकता बुझ्न मदत पुग्ने आशाका साथ काङ्ग्रेसले घुम्ती बैठकको सुरुवात गरेको हो । 

उक्त निर्णयप्रति कार्यकर्ता र शुभेच्छुकले खुसी प्रकट गर्नुभएको छ । पार्टी सचिव युक हाँ वीर हाङगामले (डम्बर) ले भन्नुभयो, ‘नेता कार्यकर्ता चुनावको बेला मात्र होइन । अरु बेला पनि गाउँ–गाउँ पुग्नुपर्छ । तब मात्र वास्तविकता थाहा हुन्छ ।’ बुधबार बसेको पहिलो घुम्ती बैठकले वर्खायामसँगै विपदका घटनामा उद्धार तथा सहयोगमा सक्रियता बढाउनेदेखि पार्टी सङ्गठन विस्तार गर्ने लगायत चार बुँदे निर्णय गरेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सरदर भन्दा बढि वर्षा हुने अनुमान गरेको छ । विपदबारे सावधानी अपनाउन जनचेतनामूलक कार्यक्रमदेखि घटना भए उद्धार र सहयोगमा उत्तिकै सक्रियता बढाउने निर्णय गरेको काङ्ग्रेसले जनाएको छ । काँग्रेस महासमिति सदस्य शिला इजमका अनुसार पार्टी सङ्गठन विस्तारका लागि रणनीतिक योजना आ–आफ्नो तहको भूमिका, पार्टी प्रवेश गर्नेको व्यवस्थापन, मेरिङदेन गाउँपालिकाको क्रियाशील सदस्यको अवस्था र स्थानीय सरकारको प्रभावकारिता र सुशासन सम्बन्धी सुझाव बैठकको एजेण्डा थियो ।

महासमिति सदस्य इजमले  भन्नुभयो ,‘एजेण्डासहितको बैठकमा मसिनो गरि छलफल त हुन्छ नै । तथापि राजनीतिसँगै जनताको दैनिकीमा कसरी सहयोगी हुने भन्नेमा पनि उत्तिकै चासो हुन्छ ।’ सभापति गजेन्द्र प्रसाद तुम्याङले वास्तविकताको धरातल बुझ्न बैठक उपयोगी भएको बताउनुभयो । सभापति तुम्याङले भन्नुभयो, ‘झट्ट सुन्दा गाउँ–गाउँमा बैठक भएछ जस्तो लाग्न सक्छ । तर,  कार्यकर्ता र सर्वसाधारणले आँगनमा सुख दुखका कुरा पोख्न पाउँछन् ।’ 

नेता कार्यकर्ताका अनुसार स्थानीय तहमै पुगेर बैठक बस्दा पार्टीको मात्र नभई विविध विषय बुझ्न सहज हुन्छ । बैठकमा मेरिङदेन गाउँपालिकामा महिला सङ्घको सदस्यताका लागि ३ सय २२ जनाको नाम समावेश भएको विवरण सार्वजनिक गरेको छ । 

महिला सँघ जिल्ला सचिव अन्जना कडरियाले सदस्यता सङ्ख्याबारे जानकारी दिनुभयो । कार्यक्रममा सभापति तुम्याङसहित उपसभापति डिल्लीरमण बराल र सचिवद्वय युक हाँ वीर हाङगाम (डम्बर), महासमिति सदस्य शिला राई, विश्वराज नाल्बोले पार्टीको रणनीतिबारे प्रकाश पार्नुभएको थियो । जिल्ला सदस्य उदय आङवुहाङ,बेद हाङगाम,सुरेन्द्र बस्नेत,भुमि आयोग जिल्ला अध्यक्ष कृष्ण कुमार बस्नेत, स्ववियू सभापति तिल कुमार जोगी, मेरिङदेन गाउँपालिकाको ६ वटै वडाका वडासभापति,महिला संघ उपाध्यक्ष मात्रिकादेवी प्रसाई र सचिव अन्जना कडरिया र खेलकुद विभाग संयोजक प्रेमहित लङवा लगायतले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । 

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्कीले विकास निर्माणको काममा जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : 2:59 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा