पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा



ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र सुन्तलाको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले नयाँ सुन्तला जात पकेट विकास कार्यक्रम अन्तरगत उक्त उपकरण र बिरुवा वितरण गरेको हो । 

गाउँपालिकाले पाथिभरा याङवरक गाउँपालिका वडा नं. चार डुम्रिसेका श्री ज्योति कृषक समुहका कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र सुन्तलाको बिरुवा वितरण गरेको गाउँपालिका अध्यक्ष केशर सुब्बाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको १२ लाख र समुहको पाँच लाख ९२ हजार २०० सय गरी जम्मा १७ लाख ९२ हजार २०० रुपियाँ बराबरको कृषि उपकरण र बिरुवा वितरण गरिएको छ । 

कृषि सम्बन्धी उपकरण र बिरुवा सँगै जैविक तथा वनस्पातिक मल र विषादी प्रयोग विस्तार कार्यक्रम अन्तरगत डिजिटल काँटा, आल्मुनियम ल्याडर, मिनी टिलर डिजेल, जैविक तथा रासायनिक विषादी, जैविक मल, जिंक मल, कम्पोष्ट गोठेमल पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गरि गाउपालिका अध्यक्ष सुब्बा, वडा अध्यक्ष बल बहादुर साम्सोहाङ, कृषि शाखा प्रमुख निकेश भट्टराई लागयतको उपस्थितिमा कृषकहरूलाई विभिन्न सामग्री र बिरुवा वितरण गरिएको हो । 

प्रकाशित मिति : 6:20 pm

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी