केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक



ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको विरुद्ध फेरी आन्दोलनका चरणहरू सार्वजनिक गरिएको छ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरूले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका चरणहरू सार्वजनिक गरिएको हो ।

जसमा आगामी जेठ ३१ र असार १ गते गत सालकै निरन्तरताको रूपमा मुक्कुमलुङ क्षेत्रमा मुक्कुमलुङ संरक्षण वृक्षारोपण गरिनेभएको छ । यस्तै इम्बिरी याङधाङवा (तमोर खोला) मुन्धुमी स्थल भएकोले त्यहाँ योजना गरिएका हाइड्रो पावर योजनाले सो क्षेत्र सहित मुक्कुम्लुङ समेतलाई प्रतिकुल प्रभाव पार्ने हुँदा ती परियोजनाको बारेमा स्थलगत अध्ययन गरी कार्यक्रमहरू अघि बढाइने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

विभिन्न विषयमा युएनसहित सम्बन्धित अन्तर्राष्ट्रिय निकायमा थप जानकारी सहितका कदमहरू अघि बढाई मुक्कुमलुङ संरक्षणको लागि विगतमा निर्णय भएका कार्यक्रम सहित धर्ना कार्यक्रम सञ्चालन गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरू अघि सारिएको छ ।

आन्दोलनरत पक्षधरहरूले सरकारसँग बारम्बार संवादको पहल गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको र सहमति तोडेको आरोप लगाएका छन् । साथै आन्दोलनरत पक्षहरूले वि.सं. २०७७ साल माघ २९ गते सर्वोच्च अदालतमा पाथीभरा केबुलकार प्रालि र सरकारविरुद्ध रिट दायर गरेका थिए ।

उक्त मुद्दा हालसम्म विचाराधीन छ भने सर्वोच्च अदालतले केबुलकार निर्माणसँग सम्बन्धित संरचनामा अन्तरिम आदेश जारी राखेको तर, अदालतको यो आदेशलाई गलत व्याख्या गर्दै केबुलकार पक्षधरहरूले काम थाल्ने तयारी गरिरहेको आन्दोलनरत पक्षधरको आरोप रहेको छ ।

यस्तै केबुलकार निर्माणको काम अघि बढाए जनताको प्रतिरोध अपरिहार्य हुनेछ र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : 6:26 pm

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला