ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  



ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुढ्यौलीको सङ्ख्या बढेको हो ।

मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा तथ्याङ्क साक्षरता तथा क्षमता अभिवृद्धि सम्बन्धी एक दिने अन्तरक्रियात्मक गोष्‍ठीको आयोजना गरी तथ्याङ्क प्रस्तुत गरिएको थियो । वि.संं २०७८ को जनगणना अनुसार ताप्लेजुङमा १०.२ प्रतिशत बुढ्यौलीको सङ्ख्या रहेको तथ्याङ्क अधिकृत किरण कुमार राईले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त सङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार दुई प्रतिशतले बढेको छ । ६८ सालको जनगणनामा ताप्लेजुङमा ८.१ प्रतिशत बुढ्यौली रहेका थिए । यस्तै सङ्ख्यामा बुढ्यौली वृद्धि हुने हो भने हेरचाह, आवास, व्यवस्था, सामाजिक सुरक्षा र आर्थिक भरणपोषरणमा चुनौती सिर्जना हुने राईको भनाई छ ।

वि. सं. २०७८ सालको जनगणना अनुसार ताप्लेजुङको कुल जनसङ्ख्या एक लाख २० हजार ९० जना रहेको छ । यस अघि राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदन मध्ये नेपालमा बुढ्यौलीको अवस्थासम्बन्धी प्रतिवेदनले नेपालको जनसङ्ख्या तीव्र रूपले बुढ्यौलीतर्फ प्रवेश गरेको देखाएको थियो ।

सोही अनुसार घट्दो जन्मदर र मृत्युदरले वि.सं. २१११ मा नेपाल एक बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ । जसले गर्दा राज्यलाई विषेश चुनौती सिर्जना हुने देखिन्छ ।

प्रकाशित मिति : 12:52 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता