सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर मार्फत दुई सय आठ जनाले सेवा लिएका छन् । पाथीभरा बहुमुखी क्याम्पस र नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकहरूको सहयोगमा सम्पन्न भएको आँखा शिविर मार्फत एक सय चार महिला तथा एक सय चार पुरुष गरी दुई सय आठ जनाले सेवा लिएका हुन् ।

आँखा परीक्षण गरिएकोमध्ये ७ जनाको थप उपचार आवश्यक देखिएको परीक्षण तथा उपचारमा संलग्न आँखा स्वास्थ्य प्राविधिक थेबेले जानकारी दिनुभयो । शिविरमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी साथै अभिभावकहरूको आँखा परिक्षण साथै उपचार गरिएको थियो ।

त्यस्तै सोही क्रममा सामूहिक मनोसामाजिक विमर्श कार्य समेत गरिएको थियो । शिविरमा कार्यक्रममा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०, सिँवा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू, प्रधानाध्यापक ओमनाथ गौतम सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 5:30 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला