कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविरमा टावर निर्माण गरिदिन नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविरमा टावर निर्माण गरिदिन पालिका उपाध्यक्ष डाक्टर चित्र माबोले प्राधिकरणलाई शुक्रबार पत्र पठाउनु भएको हो ।

पत्रमा पालिकाको वडा नं. ८ याम्फुदिनमा पर्ने कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविरमा पर्ने नयाँझोरेनी, झण्डेडांडा, दुन्दुडाँडा, तोरोङदेन क्षेत्रमा सञ्चार सेवाको विस्तार गरि कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकको संख्या वृदि गर्न साथै सिरीजङ्घा गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्नको लागि झण्डेडाँडामा टावर निर्माण गरिदिन अनुरोध गरिएको छ ।

साथै पत्रमा टावरको व्यवस्था गर्न नसके दुर्गमतालाई ख्याल राख्दै स्टारलिंक नेट राख्न अनुमति प्रदान गरिदिन माग गरिएको छ । ८ हजार ५ सय ८६ मिटर उचाईमा रहेको कञ्चनजंघा हिमाल आरोहण गर्न साथै हिमालसँग रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरु दक्षिणी आधार शिविरको ओक्ताङसम्म पुग्ने गर्दछन् भने उत्तरी आधार शिविर तर्फ भने आरोहण गर्न नभई हिमालसँग साक्षात्कार गर्न पर्यटकहरु पुग्ने गर्दछन् । टावर निर्माण भएपछि पर्यटकको संख्या बढ्ने पालिका अध्यक्ष डाक्टर माबोको विश्वास रहेको छ ।

प्रकाशित मिति : 9:58 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै