प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२ सञ्चालन गर्ने भएको छ । पालिकाले आगामी जेठ १५ देखि १७ गते तीन दिने महोत्सव सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाको कार्यालयमा शुक्रकार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सञ्चालन गर्नेबारे जानकारी गराएको हो । समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको जैविक विविधताले भरिपूर्ण पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यसहित पर्यटन महोत्सव गर्न लागिएको पालिका अध्यक्ष मान बहादुर राईले बताउनुभयो । सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेको पर्यटकीय गन्तव्यहरु ढढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्धन गर्न पनि महोत्सव आयोजना गर्न लागिएको पालिकाको भनाई छ ।

जैविक विविधताको संरक्षण, ग्रामीण, अन्तर्राष्ट्रिय पर्यटनको विकास र साँस्कृतिक सम्पदाको प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेर महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तीन दिने पर्यटन महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा, खेलकुद गतिविधि, स्थानीय उत्पादनको प्रदर्शन, साँस्कृतिक प्रस्तुति लगायका गतिविधि हुने बताइएको छ । खेलकुदमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ । विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै हाफ म्याराथन पनि आयोजना हुने र म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपियाँ नगद पुरस्कार पाउने पनि गाउँपालिकाले जनाएको छ ।

यस्तै साँस्कृतिक प्रस्तुतितर्फ नौमति बाजा च्याब्रुङ नाच ९केःलाङ० सहित स्थानीय समुदायमा आधारित संस्कार संस्कृतिको प्रदर्शन हुने छ । यसैगरी याक, चौरी, भेडापालन साथै स्थानीय हस्तकला सामग्रीसमेत प्रदर्शनीमा राखिने गाउँपालिकाले जनाएको छ ।महोत्सव सम्पन्न गर्नका लागि करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 8:57 pm

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत