ताप्लेजुङमा सिरजङ्घा बन्यो सबैभन्दा कम बेरुजु हुने गाउँपालिका



ताप्लेजुङ । ताप्लेजुङको सिरजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार सिरिजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका भएको हो । 

सिरिजङ्गा गाउँपालिकाको बेरुजु १.०८ प्रतिशत देखिएको छ । यस्तै सबैभन्दा धेरै बेरुजु मैवाखोला गाउँपालिकाको देखिएको छ । मैवाखोलाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १.२० प्रतिशत देखिएको छ भने, फुङलिङ नगरपालिकाको २.२० प्रतिशत देखिएको छ । आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु २.५८ प्रतिशत देखिँदा सिदिङ्गा गाउँपालिकाको बेरुजु २.७९ प्रतिशत देखिएको छ ।

मेरिङदेन गाउँपालिकाको बेरुजु ४.९५ प्रतिशत, फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५.४३ प्रतिशत र मिक्वाखोलाको बेरुजु ५.७० प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ताप्लेजुङ जिल्लामा एक नगरपालिका सहित आठ गाउँपालिका गरि जम्मा नौँ स्थानीय तह रहेका छन् । ‘बेरुजु’ भन्नाले प्रचलित कानून बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर पु¥याइएको कारोबार बुझिन्छ ।

प्रकाशित मिति : 11:36 am

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने