ताप्लेजुङमा सिरजङ्घा बन्यो सबैभन्दा कम बेरुजु हुने गाउँपालिका



ताप्लेजुङ । ताप्लेजुङको सिरजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार सिरिजङ्घा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका भएको हो । 

सिरिजङ्गा गाउँपालिकाको बेरुजु १.०८ प्रतिशत देखिएको छ । यस्तै सबैभन्दा धेरै बेरुजु मैवाखोला गाउँपालिकाको देखिएको छ । मैवाखोलाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १.२० प्रतिशत देखिएको छ भने, फुङलिङ नगरपालिकाको २.२० प्रतिशत देखिएको छ । आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु २.५८ प्रतिशत देखिँदा सिदिङ्गा गाउँपालिकाको बेरुजु २.७९ प्रतिशत देखिएको छ ।

मेरिङदेन गाउँपालिकाको बेरुजु ४.९५ प्रतिशत, फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५.४३ प्रतिशत र मिक्वाखोलाको बेरुजु ५.७० प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ताप्लेजुङ जिल्लामा एक नगरपालिका सहित आठ गाउँपालिका गरि जम्मा नौँ स्थानीय तह रहेका छन् । ‘बेरुजु’ भन्नाले प्रचलित कानून बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर पु¥याइएको कारोबार बुझिन्छ ।

प्रकाशित मिति : 11:36 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन