पूर्व मन्त्री स्व. सूर्यमान गुरुङको परिवारद्वारा गुम्बालाई एक लाख २५ हजार सहयोग  



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा अवस्थित श्री निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बालाई एक लाख २५ हजार रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ । पूर्व मन्त्री स्व. सुर्यमान गुरुङको परिवारले बुद्ध जयन्तीको अवसरमा बुद्धको मुर्ती सहित नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

गुम्बाको पुनः निर्माणमा रकम खर्च गर्ने गरि श्रम तथा रोजगार र सामान्य प्रशासन मन्त्री स्वर्गीय गुरुङका श्रीमती र छोराछोरीले अध्यक्ष भरत कुमार गुरुङलाई रकम उपलब्ध गराएका छन् । बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमको सम्पूर्ण खर्च समेत परिवारले उपलब्ध गराएको गुम्बाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

स्व। गुरुङ २०६४ को संविधानसभा सदस्यमा ताप्लेजुङ क्षेत्र नं. १ बाट निर्वाचित र २०७० मा संविधानसभामा समानुपातिक सूचीबाट संविधानसभा सदस्य चुनिएका थिए । प्रजातान्त्रिक आन्दोलनका अगुवा स्व। गुरुङले जिल्ला विकास समितिको सभापति र नेपाली काँग्रेस पाटी ताप्लेजुङको सभापतिको समेत जिम्मेवारी सम्हालेका थिए । उहाँको २०८१ साल वैशाख २५ गते काठमाडौँमा निधन भएको थियो ।

गुम्बाद्वारा आयोजित कार्यक्रम जिल्लाका स्रष्टाले साहित्य रचना समेत वाचन गरेका थिए । लेकाली कान्छा मुक्कुम, प्रजिन हाङवाङ,खगेन्द्र कार्की, होम प्रसाद दाहाल, भरत कुमार गुरुङ, लिला आशु, सन्देश कालीकोटे, विनिता लिम्बू लगायतका सर्जकले कविता वाचन गरेका थिए । कार्यक्रममा बौद्ध धर्मावलम्बी लगायत विभिन्न धर्मावलम्बीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : 12:32 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन