मिक्वाखोला गाउँपालिकाले दियो अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री बितरण गरेको छ । पालिकाले सहायता सामाग्री अन्र्तगत शौचालय कुर्सी, बैशाखी चस्मा र श्रवण यन्त्र सहितका सामाग्री वितरण गरेको हो ।

करुणा फाउण्डेसन, प्रदेश सरकार (सामाजिक विकास मन्त्रालय) र गाउँपालिकाको त्रिपक्षीय साझेदारीबाट अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत आइतबार वडा नं. १,२ र ३ वडामा वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

यस्तै बाँकी रहेका सबै वडाहरूमा पनि बितरण गरिने उहाँको भनाई छ । पालिकासँग भएका स्रोत साधनको प्रयोग गरी अपाङ्ग व्यक्तिको अधिकारलाई पालिकाले सम्बोधन गर्ने अध्यक्ष कार्कीको भनाई छ ।

त्यस्तै उहाँले आगामी आर्थिक वर्षबाट अपाङ्ग व्यक्तिका लागि सम्मानजनक कार्यक्रम ल्याउने तयारी रहेको समेत बताउनुभएको छ । सहायता सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष कार्की, उपाध्यक्ष डण्डु लामा र सम्बन्धित वडाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 5:16 pm

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने