मिक्वाखोला गाउँपालिकाले दियो अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री बितरण गरेको छ । पालिकाले सहायता सामाग्री अन्र्तगत शौचालय कुर्सी, बैशाखी चस्मा र श्रवण यन्त्र सहितका सामाग्री वितरण गरेको हो ।

करुणा फाउण्डेसन, प्रदेश सरकार (सामाजिक विकास मन्त्रालय) र गाउँपालिकाको त्रिपक्षीय साझेदारीबाट अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत आइतबार वडा नं. १,२ र ३ वडामा वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

यस्तै बाँकी रहेका सबै वडाहरूमा पनि बितरण गरिने उहाँको भनाई छ । पालिकासँग भएका स्रोत साधनको प्रयोग गरी अपाङ्ग व्यक्तिको अधिकारलाई पालिकाले सम्बोधन गर्ने अध्यक्ष कार्कीको भनाई छ ।

त्यस्तै उहाँले आगामी आर्थिक वर्षबाट अपाङ्ग व्यक्तिका लागि सम्मानजनक कार्यक्रम ल्याउने तयारी रहेको समेत बताउनुभएको छ । सहायता सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष कार्की, उपाध्यक्ष डण्डु लामा र सम्बन्धित वडाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 5:16 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन