वाइसीएल नेपाल ताप्लेजुङको अध्यक्षमा माबो



ताप्लेजुङ । नेकपा ( माओवादी – केन्द्र)को भातृसङ्ठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल ) ताप्लेजुङको अध्यक्षमा सन्जिब माबो सर्वसम्मत चयन भएका छन् । मंगलबार ताप्लेजुङको फुङ्लिङ बजारमा सप्पन्न तेश्रो जिल्ला सम्मेलनले माबोको नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा क्रमशः सचिन श्रेङ चोङ्बाङ,अभिशेक वनेम, विशाल नुगो, सचीवमा तिल प्रसाद लिम्बू “बिशेष ” सहसचिवमा क्रमशः निमा तेम्बा शेर्पा, दुर्गा इजम, सुजन सावादेन, ज्ञानेन्द्र इधिङ्गो, डिल्ली भट्टराई र कोषध्यक्षमा हिक्मत लुहार सर्वसम्मत चयन भएका हुन् ।

सम्मेलनको उदघाटन नेकपा (माओवादी -केन्द्र)का केन्द्रीय सदस्य एवम ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्री (पराग)को प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय उपाध्यक्ष एवम माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मिङ्मा डन्डु शेर्पा, माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य पर्शुराम कार्की , वाइसीएल केन्द्रीय सचीव एवम कोशी प्रदेश इन्चार्ज डम्बर पुलामी (कर्मा ), जिल्ला पार्टी संयोजक बिष्णु कुमार हाङ्बाङ (बिरु) , पार्टी प्रदेश कमिटीका सदस्य लगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : 10:22 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित