युवा सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा तुम्बाहाङफे



ताप्लेजुङ । नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा मानिक तुम्बाहाङफे चयन हुनुभएको छ। संघको १०औं अधिवेशनले तुम्बाहाङफेको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो।

नयाँ कमिटीको उपाध्यक्षमा दिलकुमार सुनुवार, सचिवमा डेबिट लिम्बू, उपसचिवद्वयमा प्रकाश एभेङ र वरुण लिम्बू चयन हुनुभएको छ। यस्तै कोषाध्यक्षमा सुुनिता यक्सो लिम्बू, युवा विज्ञ परिषदमा केशव पौडेल साइबर सर्कल प्रमुख श्रीहाङ् लिम्बू र युथ फोर्स प्रमुखमा पारुहाङ लिम्बू चयन हुनुभएको छ।

विवादका बिच घोषणा गरिएको पदाधिकारीको नामलाई नै अनुमोदन गरिएको हो। यस अघि नयाँ नेतृत्व चयनमा अध्यक्ष मण्डलले गम्भिर त्रुटि गरेको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएका थिए।

असन्तुष्ट पक्षले पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष मण्डलले मतदाता नामावली प्रकाशन र मनोनयन दर्ता नै नगरी आकाङ्क्षा राख्ने प्रतिनिधीहरुका बिचमा छलफल तथा सहकार्य विना नेतृत्वको घोषणा गरी अपरिपक्व गतिविधि गरेको समेत आरोप लगाएका थिए।

बिहीबार दिउसो १०औं जिल्ला अधिवेशनको उद्‌घाटन युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा भएको थियो। तर, बन्द सत्र सुरु भएपछि विवाद सृजना भएको थियो।

अध्यक्ष मण्डलका संयोजक र केन्द्रीय अध्यक्ष जिल्लाबाट फर्किसक्नुभएको छ। केन्द्रीय अध्यक्ष थेबे र अध्यक्ष मण्डलका संयोजक निरोज पौडेल फर्किनुभएको हो। दुवैले १०औं जिल्ला अधिवेशन सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको दावी गर्नुभएको छ।

प्रकाशित मिति : 5:15 pm

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग